१५ बैशाख २०७९, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् ।

सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ ।

उपमेयरको उम्मेदवार भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् । नेकपा एमालेबाट पूर्वमेयर केशव स्थापित मेयरमा र सुनिता डंगोल उपमेयरमा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV