१५ बैशाख २०७९, बिहीबार

भक्तपुर । मध्यपुर थिमि वडा नं. १ मा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष्य जगत कृष्ण श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मध्यपुर नगरपालिका वडा नं. १ साविक लोकन्थली गाविसको वडा नं. ४ क्षेत्रलाई राजनीतिक दलहरु उपेक्षा गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

उनले यस क्षेत्रका मतदाताहरुको अपमान भएको महशुस गरेर आफूले उम्मेदवारी दिएको बताए । आफूलाई वडाबासीले साथ दिने र एउटा सक्षम व्यक्तिलाई मत दिने विश्वास उनले विश्वास गरे ।

निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेपछि वडावासीको घरदैलोमा जाने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV