१५ बैशाख २०७९, बिहीबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्र्तगत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलको सहज जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले भिल्लारियललाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोलीलाई सहज जितमा साडियो मानेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा यो सिजन चार उपाधि जित्ने आशा पनि जीवितै राखेको छ ।

लिभरपुलले लिग कपको उपाधि जित्दा च्याम्पियन्स लिगसँगै एफए कप र प्रिमियर लिगको उपाधि दौडमा रहेको छ ।

दोस्रो लेग भिल्लारियलको मैदानमा अर्को साता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV