१४ बैशाख २०७९, बुधबार
  • नवराज घिमिरे,

नुवाकोट । स्थानीय निर्वाचन आउन १७ दिन बाकी रहँदाँ चुनावी सरगर्मीले तीब्रता पाइरहेको छ । टिकट वितरणदेखि उम्मेदवारको मनोनयन दर्तासम्म आइपुग्दा स्थानीय तहका नेतादेखि प्रदेश र जिल्ला हुदै केन्द्रीय स्तरका नेताहरुको चलखेल बढेको जानकारहरु बताउछन् ।

विशेष गरी नेपाली काँग्रेस नुवाकोटमा पार्टीको उम्मेदवार छनोट देखि टिकट वितरणसम्म आइपुग्दा आर्थिक चलखेलको प्रभाव परेको काँग्रेस वृत्तमा चर्चा चल्न थालेको स्रोतले जनाएको छ । आफ्नो मान्छेलाई टिकट हात पार्न नेतादेखि कार्यकर्तासम्मले न्वारान देखिको बल लगाएका छन् । र आर्थिक धन राशीमा टिकटको चलखेल भएको आंशका गर्न थालेका छन् ।

जसको कारण इमान्दार कार्यकर्तामा असन्तुष्टिको बादल मडारिन थालेको छ । तोकिएको निर्वाचन आयोगको कार्यालयमा पुगी देशै भरीका ७५३ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । कतै गठबन्धनबाट त कतै एकल पार्टीको उम्मेदवारीको मनोनयन दर्ता भएको समचारहरु आइरहेका छन् ।

यसैबीच नुवाकोट जिल्लामा पनि चुनावी अभियानले स्थानीय तह तातिरहेको छ । गाउँदेखि शहर, चिया पसलदेखि पार्टी पैवा र चौतारासम्म आ–आफ्नो पार्टीको उम्मेदवार जिताउन मतदाताहरुलाई प्रभावमा पार्दै आफ्नो पक्षमा जनमत हासिल गर्न तल्लीन छन् ।

२ नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह र ८८ वटा वडाहरु रहेको नुवाकोटमा नेपाली काँग्रेस आफ्नो कौशलता प्रर्दशन गर्न चुकेको अनुमान सहजै लगाउन सकिन्छ । मनोनयनको अन्तिम दिन ३ बजेसम्म पनि उम्मेदवारहरुको निर्णयमा रस्साकस्सी चलिरहेको थियो । महत र केसी गुटमा भागबन्डा र त्यसको पनि स्थानिय तहमा फेरी अर्को भागबण्डा नमिल्दा कार्यकर्र्ताकामा बिचलन पैदा भएको हो ।

नेपाली काँग्रेस अरु सबै पार्टीको अभिभावक बनेको लोकतान्त्रिक पार्टी हो । विद्धान र पद्धतिमा चल्ने पार्टी हो । १४ औं माहादिवेशनबाट शुरु भएको गुट–उपगुट र अन्यौलता स्थानीय चुनावसम्म आइपुग्दा पार्टीभित्र ठूलै हलचल पैदा भएको प्रष्ट बुझ्न सकिन्छ । इमान्दार, निष्ठ्राको राजनीतिमा पूर्णविराम लाग्दै छ ।

जबकि जिम्मेवार नेताहरुदेखि कार्यकर्तासम्म पार्टी परित्याग गर्नेको सख्यामा उल्लेखनीय बृद्धि भएको छ । यस्ले पार्टीलाई ठूलो क्षति नहोला भन्न सकिन्न । यसमा नेतृत्वले समयमै सोच्नु नै बुद्धिमानी हुने नेता–कार्यकर्ताहरुको भनाइ छ ।

आजको दिनमा जिल्ला नेतृत्वले सन्तुलित रुपमा सबै तहका नेता एवं कार्यकर्ताहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक देखिएको छ, र पार्टीलाई थप क्षती हुनबाट बचाउन नै उत्तम हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV