१४ बैशाख २०७९, बुधबार

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेताहरू हेमन्तप्रकाश ओली (सुदर्शन) र धर्मेन्द्र बाँस्तोलालाई बर्खास्त गरेको छ ।

पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यद्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाएका छन् ।

नेताद्वयको गतिविधिका कारण उनीहरुलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाइएको छ ।

नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बाँस्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र तीव्र विवाद देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV