१४ बैशाख २०७९, बुधबार
  • अविरल बस्नेत

दोलखा । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनको तर्फबाट दोलखाको विगु गाउँपालिकाको अध्यक्षमा सञ्जिव ओलीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गर्दै ओलीले आफ्नो जित विगुको विकास र समृद्धिका र बाँकी योजना पूरा गर्नको लागि भएको बताए । आफूले पाच वर्षको अवधिमा आधारभुत आवश्यकता अनुरुपको पुर्वाधार खडा गरेको र अबको कार्यकालमा अहिलेसम्म नभएका बाँकी काम गर्नको लागि आफू पालिका अध्यक्षको उम्मेदवार बनेको बताए ।

यसअघि आफू उपाध्यक्ष रहँदा सडक सञ्जाल अधिकांश स्थानमा जोडिसकेको भन्दै भएका सडकलाई स्तरोन्नती गरेर हिउँद र बर्खामा चल्ने वातावरण बनाउने, शिक्षाको क्षेत्रमा उल्लेख सुधार गर्ने बताए ।

उनले पालिकाबाट बजेट परिचालन गर्दा अहिलेसम्म भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए ।अध्यक्षमा उम्मेदवारी दिएका ओलीले जनस्तरबाट आएको गुनासो सम्बोधन गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV