
काठमाडौं । छिमेकी राष्ट्र भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलिन थालेको छ । दिल्लीमा विगत २४ घण्टामा मात्रै पनि १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतीय सञ्चार माध्यमले भनेका छन्, ‘राष्ट्रिय राजधानी दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२०४ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ, जबकि यस अवधिमा १ बिरामीको मृत्यु भएको छ ।’
त्यस्तै पछिल्लो २४ घण्टामा दिल्लीमा ८६३ संक्रमितहरु निको भएका छन् । हाल दिल्लीमा कोरोना सक्रिय बिरामीहरुको संख्या ४५०८ पुगेको छ ।
Delhi reports 1204 new #COVID19 cases, 863 recoveries and 1 death in the last 24 hours.
Active cases 4508 pic.twitter.com/qxSNFHqvkd
— ANI (@ANI) April 26, 2022