१३ बैशाख २०७९, मंगलवार
  • ललिता साह,

सप्तरी । जिल्लाको राजविराज नगरपालिका–८ का वडा सभापतिले पदबाट राजीनामा दिएका छन् । टिकट वितरणमा मनपरी गरेको भन्दै राजविराज नगरपालिका–८ का वडा सभापति मनोज दासले पदबाट राजीनामा दिएका हुन् ।

दासले सोमबार सप्तरी कांग्रेस जिल्ला सभापति समक्ष लिखित राजीनामा दिएका हुन् । आफ्नो वडामा पुराना कार्यकर्तालाई स्थानीय तहको चुनावमा टिकट नदिएको र पार्टीमा नव आगन्तुकलाई मात्रै ठाउँ दिएको उनको आरोप छ ।

सभापति दासले भनेका छन्, ‘हाम्रो काम गर्ने मनोवल निरुत्साहित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV