१३ बैशाख २०७९, मंगलवार
  • महेश्वर के.सी.

काठमाडौं । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस भव्य रुपमा मनाएको छ । मंगलबार भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो ।

फोटो पत्रकारित दिवसको अवसरमा बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी बुधबारसम्म जारी रहने बताइएको छ ।

नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले वि.सं. १९८४ वैशाख १३ गते देखि प्रकाशन गरेको थियो । उक्त दिनको सम्झनामा हरेक बैशाख १३ गते राष्ट्रििय फोटो पत्रकारिता दिवस मनाउदै आइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV