१३ बैशाख २०७९, मंगलवार
  • विनय तिम्सीना,

इलाम । इलामको माई नगरपालिकामा एक जना सुतेकै ठाउँमा मृत फेला परेका छन् । मृत्यु हुनेमा उदयपुरको वेलका नगरपालिका घर भएका अन्दाजी ३२ वर्षीय विनेश राई रहेका छन् ।

माई नगरपालिकामा रहेको समिट लघुवित्त संस्थामा कार्यरत उनी बस्ने कोठामै मृत फेला परेका थिए । राई दिउँसो अबेरसम्म पनि कार्यालयमा उपस्थित नभएपछि खोजिगर्र्ने क्रममा उनलाई कोठामानै मृत फेला परिएको हो ।

राईको सव अहिले पोष्टमार्टमको लागि धरान पठाइएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV