१३ बैशाख २०७९, मंगलवार
  • अविरल बस्नेत

दोलखा । विभिन्न राजनितिक दलका नेताहरू यतिबेला स्थानीय तहको निर्वाचनमा होमिएका छन् । विभिन्न पालिकाहरूमा उम्मेदवार दर्ता सकिएको छ ।

दोलखाको बैतेश्वर गाउँपालिकामा उपप्रमुखमा भने युवा नेता उम्मदेवार बनेका छन् । बैतेश्वरको उपाध्यक्षमा कल्याण दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

दाहाल एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचित छन् । उनी विद्यार्थीदेखि नै दोलखाका विभिन्न ठाउँमा हुने राजनीतिक आन्दोलनको मोर्चामा अग्रसर भएका थिए ।

उनी ०५८ देखि नेकपा एमालेको विद्यार्थी संगठनमा लागेका थिए । २०६२-६३ को जनआन्दोलनमा उनले अमृत साईन्स क्याम्पसको कमान्ड सम्हालेका थिए । अहिले उनी नेकपा (एकीकृत समाजवादी)नकिट अनेरास्ववियू केन्द्रीय उपमहासचिव रहेका छन् ।

वातावरण विज्ञानमा र समाजशास्त्रमा स्नातकोत्तर गरेका दाहाल विकास र समृद्धीको खाकासहित योजना लिएर उपप्रमुखमा उम्मेदवार दिएको बताउँछन् ।

दोलखा बैतेश्वर-४ मा वि.स २०४५ मा जन्मिएका कल्याण पाँच दलीय गठबन्धनको तर्फबाट बैतेश्वर गाउँपालिकाको उपप्रमुखको उम्मदेवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV