१२ बैशाख २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले सोमबार साँझ (साढे सात बजे) सम्म ७१ हजार २ सय ३७ उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको जनाएको छ ।

आयोगका अनुसार  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत प्रमुख (मेयर) पदका लागि २ हजार १ सय १८ जना र उपप्रमुख (उपमेयर) पदका लागि १ हजार ३ सय १८ जनाले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा बढी मधेस प्रदेशबाट मेयर र उपमेयरका लागि उम्मेदवारी दर्ता भएको छ । मेयरतर्फ मा ७ सय ३७ र उपमेयरतर्फ ३ सय ८७ जनाले उम्मेदवारी दिएका छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्
LIVE TV