१२ बैशाख २०७९, सोमबार

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।

सोमबार राष्ट्रिय सभागृहस्थित रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित सिंहको टोली पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराएको हो ।

गठबन्धन दलबीचको सहमतिअनुसार नै काठमाडौंको मेयर कांग्रेसलाई दिइएको थियो । काठमाडौंको उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV