१२ बैशाख २०७९, सोमबार
  • महेश्वर के.सी.

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा जाकाराण्डाको फुलेको छ । उपत्यकाका सडक किनारमा रहेका ठूला ठूला रुखमा फुलेको जाकाराण्डाको दृष्यले मनमोहक तुल्याइरहेको छ ।

यतिवेला विषेशत काठमाडौंको मुटु घण्टाघर त्रिचन्द्र कलेज आसपासका जाकाराण्डाका बोटहरुमा झमक्क फुलेका छन् ।

यस्तै स्वयम्भू, दरबारमार्ग, रत्नपार्क र टुडिखेल आसपास फुलेको जाकाराण्डाको फुल आकर्षक देखिएको छ । जसले काठमाडौं शहरको सुन्दरता थप्न प्रशस्त सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV