१२ बैशाख २०७९, सोमबार

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका पेमा दोर्जे लामा (सागर) ले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

लामाले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आज उपाध्यक्षको पदमा स्वतन्त्ररूपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस मेलुङमा प्रभावशाली मानिने लामाले गाउँपालिकामा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी पालिकाको प्रमुख पदहरु छाडेकामा विरोध गरेका छन् । उनले पार्टीले गाउँपालिकामा जित्ने अवस्थामा रहँदा रहँदै प्रमुख पदहरु छाडेको विरोधस्वरूप आफुले उम्मेदवारी दिएको बताए ।

लामा तरुण दलका नेता समेत रहेका छन् ।

मेलुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी समाजवादीबाट हुने समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV