११ बैशाख २०७९, आईतवार

मोरङ । विराटनगर महानगरपालिकामा विभिन्न राजनीति दलका ५६ जनाले महानगर प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा अरुणकुमार मण्डल, स्वतन्त्रबाट उमेशकुमार यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयका सूचना अधिकारी हेमबहादुर वुढाथोकीका अनुसार वडाध्यक्षमा १८ र सदस्यमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउने राजनीतिक दलमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील साझा पार्टी, पिछडा वर्ग, निषाद, दलित, जनजाति पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

यस्तै लेटाङ नगरपालिकामा प्रमुख पदमा दुई, उपप्रमुखमा एक, वडाध्यक्षमा दुई र सदस्यमा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV