११ बैशाख २०७९, आईतवार

काठमाडौं । नेपाली काँग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवालाई दिने निर्णय गरेको हो ।

बैठकले पार्टीको संसदीय समिति पनि गठन गरेको छ । पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर बनाएको समितिमा १४औं महाधिवेशनमा सभापति देउवासँग पराजित नेता शेखर कोइराला भने रहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV