११ बैशाख २०७९, आईतवार

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा राप्रपाले उम्मेदवारी दर्ता गराएको छ भने वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार निर्वाचन अधिकृतको कार्यालय जावलाखेल पुगेर स्वतन्त्र रुपमा नरसिंह व्यञ्जनकारले वडा नम्बर १० को अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए ।

उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन् । सो वडामा राप्रपाले पनि व्यञ्जनकारलाई नै सहयोग गर्ने जनाएको छ ।

त्यस्तै आइतबार नै ललितपुर महानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ललितपुरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको छ । महानगरको प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता सोमबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV