
- विनय तिम्सीना,
इलाम । नेकपा (एमाले)को उम्मेदवार सिफारिसको विवाद माई नगरपालिकामा पनि चुलिएको छ । शनिबार साँझ इलाम नगरपालिकाकाको प्रमुखको सिफारिसमा जनताको चहाना अनुरुप नएको भन्दै जिल्ला कार्यालय तलाबन्दी गरिएको थियो ।
यसरी नै आज माई नगरपालिकामा पनि नगर प्रमुख पदमा साविक विजेता दीपक थेवेको नाम पहिलो नम्बरमा पठाएकोमा जनतनको चहानालाई कुठाराघात गर्दै अर्का उम्मेदवार खम्वा सिंह लिम्वुलाई प्रदेश कार्य समितिले उम्मेद्वार बनाएको भन्दै नगर कार्य समितिको कार्यलयमा आज माईका एमाले निकट बौद्धिक युवाहरुले तालाबन्दी गरेका स्थानीय विमल दाहालले जाकारी गराए ।