११ बैशाख २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । महानगरपालिकाको मयेर उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले मेयर र उपमेयरका उम्मेदवारको निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

त्यसअघि बिहान ९ पार्टी कार्यालय सानेपामै शीर्ष नेताबीच अनौपचारिक छलफल हुनेछ । उम्मेदवार टुङ्गो लगाउन काँग्रेसका शीर्ष नेताबीच शुक्रबार र शनिबार बालुवाटारमा छलफल भएको थियो ।

बालुवाटारमा ठोस सहमति जुट्न नसकेपछि आइतबार नै सबै विषय टुंग्याउने कांग्रेसको तयारी छ । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

LIVE TV