११ बैशाख २०७९, आईतवार

काठमाडौँ। न्यूज२४ कर्मी राजेन्द्र प्रसाद पन्त ‘तारकिणी’को उपचारमा सहयोगार्थ विश्वव्यापी अभियान सुरु गरिएको छ । हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी कान सुन्न नसक्ने समस्याले ग्रस्त छन् । उनको श्रवणशक्ति पुनः प्राप्तिका लागि सगरमाथा साहित्य प्रतिष्ठान, केन्द्रीय कमिटी युएईले “आर्थिक सहयोग संकलन अभियान” सुरु गरेको हो ।

प्रतिष्ठानले तारकिणीको उपचारका लागि हरेक क्षेत्र र तह-तप्काबाट व्यक्तिगत एवं संस्थागत रूपमा स्वेच्छिक सहयोग प्रदान गरेर अभियानलाई सफल बनाइदिन आह्वान समेत गरेको छ ।

स्वेच्छिक रुपमा सीधै सहयोग गर्न चाहनुहुने समाजसेवी, साहित्यप्रेमी एवं शुभचिन्तकहरुका लागि तारकिणीको तल उल्लेखित बैंक खातामा सोझै रकम जम्मा गर्न सकिने सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले जानकारी गराए । यसका साथै प्रतिष्ठानका विभिन्न देशमा रहेका शाखा सञ्जाल र केन्द्रीय कमिटीमा सम्पर्क गरेर समेत सहयाेग गर्न सकिनेछ ।

सुदूरपश्चिमको बैतडीमा जन्मिएर हाल न्युज २४ नेपालमा कार्यरत तारकिणीको १५ वर्षकाे उमेर श्रवणशक्ति गुमेको थियाे । यही वैशाख ३ गते सगरमाथा साहित्य प्रतिष्ठानको ‘स्रष्टा र सृजना’ कार्यक्रमको १०३ औँ श्रृंखलामा कवि तारकिणीसँग  प्रतिष्ठानका केन्द्रीय महासचिव डीजी शर्माले विशेष संवाद गरेका थिए । जसबाट उनको समस्या बाहिरिएपछि प्रतिष्ठानले सहयोग अभियान चलाएको हो ।

श्रवण क्षमता गुमेपछि उनको परिवारले तत्काल उपचार गर्न नसकेकोले समस्या बढ्दै गएको बताइएको छ । हाल तारकिणीको उपचार काठमाडौँ महाराजगन्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा हुँदैछ । शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा. डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले उनको अपरेसनमार्फत उपचार गर्ने तयारी गरिरहेको छ । डा. प्रधानाङ्गका अनुसार उनको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा श्रवणशक्ति पुनः प्राप्त हुनेछ ।

तर ‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि खर्च महंगाे रहेकाे छ । यसका लागि नियमानुसार हुने सरकारी सहुलियतबाहेक तत्काल कम्तीमा १८ लाख खर्च हुने अस्पतालले  बताएको छ । सामान्य आर्थिक अवस्थाका तारकिणीका लागि १२ लाख रुपैयाँ नपुग भएका कारण आर्थिक सहयोगका लागि  प्रतिष्ठानले अभियान सुरु गरेको जनाएको छ ।

यो प्रविधिबाट उपचार गराउँदा खर्चिलो रहेको बताइएको छ । तर यसबाहेक अन्य विकल्प पनि छैन । वार्षिक रुपमा नियमित म्यापिङ तथा अन्य थेरापी, मर्मत–सम्भारवापत कम्तीमा पचास–साठी हजार खर्च छुट्याइराख्नुपर्ने शिक्षण अस्पतालकै मुख्य श्रवण विशेषज्ञ डा. सुरेश्वर लाल कर्णले बताएका छन् ।

तारकिणीका विगतमा तीनवटा साहित्यिक कृतिहरू समेत प्रकाशित छन् । उनी विभिन्न साहित्यिक संघ-संस्थाहरुमा समेत आबद्ध छन् । उनको नयाँ कवितासङ्ग्रह समेत प्रकाशनमा आउन लागेको जनाइएको छ ।

सहयोग रकम पठाउनका लागि बैंक खाता :
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497
—–
बैंक : NIC Asia Bank Ltd / Sukedhara Branch
खाता नम्बर : 2887931058524001
===========================
E-Sewa/Khalti wallet :
+977-9861606136 (Rajendra Prasad Pant)
–––––––––––––
Email – [email protected]
Viber/whats app – +977- 9849560709
थप जानकारीका लागि : +977-9849560709 (परिवार)

सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः
प्रतिष्ठानको whats-app नम्बर : +971-545643900
फेसबुक- https://www.facebook.com/sagarmathasahityapratishthan
—————
केन्द्रीय अध्यक्ष : जीवित खड्का मगर (https://www.facebook.com/jeevit.khadka)
फोन नं. : +971-525347997

–––––––––––––––––
केन्द्रीय महासचिव- डिजी शर्मा (https://www.facebook.com/dipak.gautam.1232)
फोन नं. : +971-545844855

प्रतिक्रिया दिनुहोस्
LIVE TV