११ बैशाख २०७९, आईतवार
  • अविरल बस्नेत

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नं.६ आलाम्पुका नेकपा एमाले कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा बागमती प्रदेश वन तथा वातावरण मन्त्री तथा नेकपा माओवादी केन्द्रका युवा नेता विशाल खड्काले माला र टीका लगाएर पार्टी प्रवेश गराए ।

एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेमा एमाले वडा नं.६ आलाम्पुका वडा सचिव रोहित थामी, वडा सदस्य मानध्वज थामी, जिल्ला थामी, टोल कमिटी अध्यक्ष डबल थामीलगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV