१० बैशाख २०७९, शनिबार

काठमाडौं । साउथका सुपरस्टार यशको ‘केजीएफः च्याप्टर २’ले राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’लाई कडा टक्कर दिइरहेको छ । एसएस राजामौली निर्देशित ‘आरआरआर’ले विश्वभर ११ सय करोडको कलेक्शन गरेको थियो । यसैबीच अभिनेता यश र सञ्जय दत्त स्टारर् ‘केजीएफः च्याप्टर २’ दर्शकमाझ रिलिजमा आएको १० दिन भइसक्दा पनि उत्तिकै क्रेज देखिएको छ ।

यो फिल्मले छिट्टै १५ यस करोडको आँकडा पार गरेर नयाँ कीर्तिमान कायम गर्ने आँकलन गरिएको छ । त्यसोत, ‘आरआरआर’ बनाउन ५५० करोड लागत लागेको थियो । तर, केजीएफ २ भने १५० करोडमा नै सम्पन्न गरिएको बताइएको छ ।

केजीएफ २ ले कुन दिन कति कमायो ?

  • पहिलो दिनः ११६ करोड
  • दोस्रो दिनः ९० करोड
  • तेस्रो दिनः ८१ करोड
  • चौथो दिनः ९१.७ करोड
  • पाचौं दिनः २५.५७ करोड
  • छैटौं दिनः १९.५२ करोड
  • सातौं दिनः ३३ करोड
  • आठौं दिनः १३.५८ करोड
  • ९ औं दिन २० करोड

केजीएफ २ रिलिज भएसँगै भारतमा मात्रै नभई विदेशमा पनि फिल्मलाई लिएर मानिसहरु उत्तिकै क्रेजी भएका छन् । अहिले बक्सअफिसमा केजीएफ २ को जादू नै चलेको छ । अहिलेसम्म यो फिल्मले ७५० करोड कमाइसकेको छ । अब फिल्मले छिट्टै आरआरआरलाई टक्कर दिने आँकलन गरिएको छ ।

केजीएफ २ मा यशसँगै रविना टण्डन, श्रीनिधि शेट्टी र सञ्जय दत्त पनि मुख्य भूमिकामा देखिएका छन् । यो फिल्म १४ अप्रिलबाट कन्नड, तमिल, तेलुगु, हिन्दी र मलायालम भाषामा रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV