१० बैशाख २०७९, शनिबार

काठमाडौं । बलिउडका एक्शन अभिनेता टाइगर श्राफ स्टारर् ‘हिरोपन्ती–२’ को दोस्रो ट्रेलर पनि सार्वजनिक भएको छ । यो फिल्ममा दर्शकहरुले निकै एक्सन देख्न पाउनेछन् । पहिलो ट्रेलरमा टाइगरको दमदार एक्सन देख्न पाइएको थियो । फिल्मको दोस्रो ट्रेलरमा पनि टाइगरको देसी टड्का राखिएको छ ।

टाइगरका फ्यानहरूले टाइगरको एक्सन र स्टाइल देख्न पाएपनि उनको वास्तविक टाइगरलाई भने मिस गरेका छन् । पहिलो र दोस्रो ट्रेलरमा एक्सन र संवाद निकै बलियो छ । यस फिल्मको ‘व्हिसल बाजा’ गीत पनि रिलिज भइसकेको छ ।

 

 

View this post on Instagram

 

A post shared by Tiger Shroff (@tigerjackieshroff)

यो फिल्ममा टाइगर श्राफ बब्लुको भूमिकामा देखिनेछन् भने उनको अपोजिटमा नवाजुद्दीन सिद्दीकी छन् । जसको स्टाइल, एक्सन, स्टाइल, संवादले तपाईलाई चकित पार्नेछ । यो फिल्ममा अभिनेत्री तारा सुतारिया पनि मुख्य भूमिकामा देखिएकी छन् । यसअघि साजिद नाडियाडवालासँग टाइगरले ‘बागी २’ र ‘बागी ३’ गरेका छन् ।

अहमद खानले निर्देशन गरेको ‘हीरोपन्ति–२’ रजत अरोराले लेखेका हुन् भने संगीत एआर रहमानले दिएका हुन् । फिल्म अप्रिल २९ बाट हलमा रिलिज हुँदैछ । हिरोपन्तीको पहिलो भागलाई पनि दर्शकहरुले निकै रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV