१० बैशाख २०७९, शनिबार

काठमाडौं । नेपालमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ९१ पीसीआर परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

एक हजार २ सय ५६ एन्टिजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ९८ जना निको भएका छन् । हाल नेपालमा २ सय ८३ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV