१० बैशाख २०७९, शनिबार

बुटवल । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल गर्ने सहमति भएको छ ।

शनिबार दुवै पार्टीबीच उपमहानगरमा तालमेल गरेर निर्वाचन लड्ने सहमति भएको हो । सहमतिअनुसार उपमहानगरको प्रमुख, उपप्रमुख र १९ वटै वडाध्यक्ष गरि ८६ पदहरू एमालेले पाउनेछ भने र ११ वडा सदस्य राष्ट्रिय जनमुक्ति पार्टीले पाउनेछ ।

उपमहानगरमा नगरप्रमुख, उपप्रमुख, १९ वडाध्यक्ष र सदस्यहरू ९७ जना जनप्रतिनिधि आगामी निवार्चनबाट निर्वाचित हुँदैछन्।

जनमुक्तिलाई ११ वडा सदस्यमात्रै पाउने गरी एमालेसँग सहमित भएपछि जनमुक्ति पार्टीका नेताहरुले असन्तुष्टि र विरोध जनाउन सुरु गरेका छन् । धेरैले एमालेसँग गठबन्धन गरेकोमा विरोध र विचार नमिल्ने भन्दै तालमेल नगर्न सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV