९ बैशाख २०७९, शुक्रबार

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान जेठ १२ गते काठमाडौं आउने भएका छन् । आगामी जेठ १४ गते हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमान खानसहितको टिम जेठ १२ गते काठमाडौं ओर्लिने भएको हो ।

सलमान खान १२ गते बेलुका त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको हो । त्यस्तै १३ गते बिहानै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका रहेको ओडीसीले जनाएको छ ।

त्यसलगत्तै सलमान खान माउण्टेन फ्लाइटमा सगरमाथा जाने र मौसमले साथ दिएमा लुक्लासम्म जाने बताइएको छ । त्यसपछि माउण्टेन फ्लाइटबाटै साँझ काठमाडौं फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने उनको तालिका छ ।

त्यसपछि जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रमका लागि तयारी गर्नेछन् । उक्त कार्यक्रममा सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलीन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मालगायत भारतीय कलाकारले आ–आफ्नो प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV