९ बैशाख २०७९, शुक्रबार

काठमाडौं । एउटा खुट्टा जमिनमा टेकेर अर्को खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि राखेर दुबै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा नेपाली युवाले विश्व कीर्तिमान राखेको छ ।

विहीबार काठमाडौंमा लायन्स क्लव अफ काठमाडौं च्याम्पियनले पत्रकार सम्मेलन गरि लगातार ३ घण्टा ५० मिनेट वृक्षासन गरेर नेपाली युवाले विश्व कीर्तिमान राखेको जनाएको हो ।

पर्वतको वाच्छा–एक निवासी ३३ वर्षीय विक्रम खड्काले उक्त कीर्तिमान कायम गरेका हुन् । भारतीय नागरिक सनत रथले राखेको १ घण्टा ६ मिनेट ५५ सेकेन्डको रेकर्डलाई खड्काले तोडेका हुन् ।

खड्कालाई गिनिज बुक अफ वल्र्ड रेकर्डले प्रमाण–पत्र समेत पठाइसेकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV