९ बैशाख २०७९, शुक्रबार
  • अविरल बस्नेत

दोलखा । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसले बिगु गाउँपालिका वडा नं- ५ को वडाध्यक्षको उम्मेदवारमा दीपकराज पाण्डेको नाम सर्वसम्मत चयन गरेको छ । बिहीबार बसेको समितिको बैठकले युवा नेता पाण्डेलाई चिल्खांको अध्यक्षमा चयन गरेको हो ।

पाण्डे युवा पुस्तामा राम्रो छवि भएका नेता मानिन्छन् । उनी विद्यार्थी राजनीतिबाट उदायका नेता हुन् । लामो समयदेखि पुराना पुस्ताले गर्दै आएको राजनीतिक पछिल्लो समय युवा पुस्तामा हस्तातरण हुँदै गएपछि युवाहरु हर्षित भएका छन् ।

यस्तै अध्यक्षका उम्मेदवार पाण्डेले आफ्नो उम्मेदवारी चिल्खांका स्थानीयबासीको जनजीवन परिवर्तन गर्नको लागि भएको बताए । उनले भने, ‘मेरो उम्मेदवारी चिल्खांका स्थानीयलाई स्वास्थ्य,शिक्षा,रोजगारको पहुँचमा पुर्याउनु हो ।’

भौगोलिक हिसावले चिल्खांका दुर्गम रहेपनि यहाँ अवसरका प्रसस्त सम्भावना छन् । ती सम्भावनाको उत्खनन् गरी चिल्खांलाई समृद्धी चिल्खांमा बनाउने लक्ष्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV