८ बैशाख २०७९, बिहीबार
  • ललिता साह,

सप्तरीे । सप्तरीमा विहीबार बेलुकी ७ बजे करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारी घर भई राजविराज–१४ बस्दै आएका झनरदेव मेडलको १९ वर्षीय छोरा शत्रुधन मण्डलको मृत्यु भएको स्थानीय युवा कृष्ण कुमार मण्डलले जानकारी दिए ।

छिन्नमस्ता–३ सखडामा सुरेन्द्र मण्डलको छोरीको विहेमा लगाइएको टेन्ट खोल्ने क्रममा करेन्ट लागेर घाइते भएका शत्रुधनलाई उपचारको लागि छिन्नमस्तामा ल्याइएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV