८ बैशाख २०७९, बिहीबार

काठमाडौं । वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदैछ । मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए । उनले केही समयमा नै डिस्चार्ज गरिने बताए ।

जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV