८ बैशाख २०७९, बिहीबार

काठमाडौं । नेपाल ब्रोडकास्टिङ च्यानल, एनबीसीद्वारा सञ्चालित न्यूज २४ टेलिभिजन १३ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा एनबीसीले आफूलाई अझै खरो र जनपक्षीय रुपमा अघि बढाउने प्रतिवद्धता जाहेर गरेको छ ।

नेपाल ब्रोडकास्टिङ च्यानलद्वारा प्रसारित न्यूज २४ टेलिभिजनले आफ्नो १२ वर्षे यात्रा पूरा गर्दा महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको साक्षी बन्यो । यस अवधिमा मुलुकको राजनीतिले भने अनेकन आरोहअवरोह व्यहोर्नु प¥यो । राजनीति अस्थिर नै रह्यो ।

न्यूज २४ टेलिभिजन प्रलयकारी महाभूकम्प र कोरोना महामारी जस्ता प्रतिकुलताबीच पनि आफ्नो कर्ममा सदैव अडिग नै रह्यो । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल ब्रोडकास्टिङ च्यानलका अध्यक्ष अनिल जोशीले विगतको अनुभवबाट खारिएर संस्थालाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

वार्षिकोत्सवका अवसरमा स्टुडियोदेखि समाचार प्रस्तुतिसम्ममा नवीनता दिने, आगामी दिनमा न्यूज तथा समसामयिक प्रस्तुति अझ स्तरीय र खँदिलो बनाउने लगायतका प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ । अध्यक्ष जोशीले सयमको माग अनुसार न्यूज २४ टेलिभिजनलाई प्राविधिक रुपमा पनि स्तरोन्नति गर्ने जनाउनुभएको छ ।

राजनीतिक विचारभन्दा माथि उठेर जनता र देशका मुद्दालाई न्यूत २४ टेलिभिजनले प्राथमिकता दिँदै आएको छ । राष्ट्र, राष्ट्रियता र जनजिविकाका मुद्दामा कसैसँग सम्झौता नगर्ने टेलिभिजनको अडान नै हो । विगतदेखि नै सुशासनका मुद्दालाई प्राथमिकता दिएको र आगामी दिनमा यसलाई अझ सशक्त ढंगले अगाडि बढाउने योजना छ ।

न्यूज २४ को यात्राले नेपाली टेलिभिजनहरुमा एउटा तरंग ल्याएकै हो । जनताका मुद्दा, जनताका समस्या र पीडालाई मुलधारको विषय बनाउन यो च्यानलले महत्वपूर्ण भूमिका खेलेको सर्वविदितै छ ।

न्यूत २४ ले दैनिक १० वटा न्यूज बुलेटिनमार्फत् सूचना तथा विश्लेषण पस्किरहेको छ । छोटा समयमा सबै क्षेत्रको सूचनाका लागि चार वटा फटाफट न्यूज प्रस्तुत गरिरहेका छौ । सिधाकुरा जनतासँग र कल २४ ले जनताका गुनासो र समस्यालाई सम्बोधनको पहलकदमी गरिरहेका छन् ।

समसामयिक राजनीतिको विश्लेषण पावर न्यूजमार्फत गर्ने प्रयास भइरहेको छ । ६ प्रश्न, इस्यु अफ द डे, २४ टक, विज टक, प्रदेश बहस, ई–टकसमेतका अन्तर्वार्तामूलक कार्यक्रमबाट विचार र विश्लेषण प्रवाह गरिरहेका छौं ।
आगामी दिनमा नयाँ शैली र अवधारणासहित सूचना र विश्लेषणात्मक कार्यक्रम पस्कँदै जाने लक्ष्य पनि न्यूज २४ टेलिभिजनको रहेको छ ।

न्यूज २४ टेलिभिजन निरन्तर तपाईँहरुको साथमा छ । हामीले त प्रयास गर्ने हो । अंक दिने काम दर्शककै हो । हामीले त मात्र सार्वजनिक संस्थाहरुको काम पारदर्शी बनाउन खोज्ने हो । न्यूज २४ टेलिभिजनले त अन्यायमा परेको एउटा साधारण मानिसलाई न्याय दिलाउने प्रयास गर्ने हो ।

यो च्यानलले त सार्वजनिक सेवा प्रवाह चुस्त हुन सकोस् भनेर अधिकारीहरुलाई उत्तरदायी बनाउने चेष्टा गर्ने हो । मुलुकको कानुनको उपेक्षा गर्नेलाई कानुनको पालनाप्रति जिम्मेवार बनाउन सके हामी सन्तोष मान्ने छौं ।

यसबीचमा दर्शकको साथ अतुलनीय र अमूल्य छ । न्यूज २४ टेलिभिजनले आफ्नो यात्रामा साथ दिने दर्शक, विज्ञापनदाता र शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दै निरन्तर सुझावको अपेक्षा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV