७ बैशाख २०७९, बुधबार

काठमाडौं । नयाँवर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ ।

यो योजना वैशाख ०५ बाट सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरि दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।

डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्यकुनै पनि सेवाप्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्नेछन् । जसका लागि ग्राहकहरुले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरि यो प्याक सूचारु गर्न सक्नेछन् ।

त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सूचारु गर्न सक्नेछन् । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याकमात्र रु २५ मा सूचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ एस्ट्रिक्स ६ ह्यास डायल गरि प्याक सूचारु गर्न सक्नेछन् ।

त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सूचारु गर्न सक्नेछन् । सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवाप्रदान गर्ने आफ्नो प्रतिबद्घता अनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको हो ।

यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV