७ बैशाख २०७९, बुधबार

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टीबीचको लडाइँमा काँग्रेस सहभागी बन्न नहुने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने दोहो¥यएका छन् । नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरु एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उनले काँग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकिर गरे ।

नेता रिजालले एक्ला–एक्लै निर्वाचनमा जाँदा काँग्रेसलाई केही सिट कमी आएपनि देशको भलो हुने बताए । उनले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा (एमाले) र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशंका व्यक्त गरे ।

नेता रिजालले भने, ‘नेकपा आपसी गठबन्धनलाई व्यवस्थापन गर्न नसकेर अहिले फुटमा छन् । उनीहरुको आपसको कलह होला । आपसमा एउटाले अर्कोलाई सक्ने सोच होला । काँग्रेस त्यो लडाइँको सहभागी बन्न सक्दैन । र बन्नु पनि हुँदैन । स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा केपीशर्मा ओली दौडेर पुष्पकमल दाहालकोमा पुग्नेछन् । प्रधानमन्त्री बन्नुप¥यो प्रचण्डजी । यो गठबन्धन छोड्नुहोस् प्रधानमन्त्री बन्नुपर्छ भनेर । त्यतिबेला प्रचण्डले मान्छन् यहाँ बसिराख्न ? केपी शर्मा ओलीको प्रश्तावमा प्रधानमन्त्री बन्न पुग्छन् ।’

उनले थपे, ‘यदि काँग्रेस, माओवादी, समाजवादी कसैको पनि राम्रो मत परिणाम आएन भने प्रचण्ड केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर नजालान् ? त्यसलाई हामीले हेर्ने कि नहेर्ने ? सिट कति पाइन्छ होइन, राजनीतिमा कति कम्युष्टिलाई शिरमा लिएन हिँड्ने ? नेपालको राजनीति कहिल्यै पनि कम्युनिष्ट आन्दोलनको लडाइँ बोकेर एकपटि र अर्कोपटिको कम्युष्टि बोकेर कहिलेसम्म हिँड्ने ? हामीले त्यहाँबाट मुक्ति खोज्ने कि नखोज्ने ? हामीले कोहीसँग सहकार्य नगरी निर्वाचनमा सहभागी बनेको भए मुलुकले कुनै दुर्घटना नभइकन स्थानीय निर्वाचनमा पार पाउने थियो ।’

त्यस्तै नेता रिजालले नेपाली काँग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिष्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युष्टि बोकेर कहिलेसम्म हिँड्ने भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV