७ बैशाख २०७९, बुधबार

एजेन्सी । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ ।

यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV