
काठमाडौं । निजी क्षेत्रको पहिलो फाइनान्सको रुपमा सञ्चालित नेपाल फाइनान्स २९औं वर्षमा प्रवेश गरेको छ । नेपालको सबैभन्दा पूरानो नेपाल फाइनान्सले हाल १० वटा शाखा कार्यालय र काठमाडौंको कालिमाटी र कान्तिपथमा एक्सेटेन्सनमार्फत् सेवा प्रवाह गर्दै आएको छ ।
२०४९ सालमा स्थापना भएको फाइनान्सको साधारण सभाले आगामी ४ वर्षको लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ ।
संस्थापक समूहबाट निर्वाचित सञ्चालकहरुमा हिरेन्द्रमान प्रधान, दीप्रश शाक्य, राजन प्रजापति, बिकेश शाक्य र सर्वसाधारणको तर्फबाट सञ्चालक लक्ष्मी महर्जन निर्वाचित भएका छन् ।
साधारण सभाले बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने एवम प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । संस्थाको सञ्चालक समितिको अध्यक्ष हिरेन्द्र मान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक दीप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए, भने प्रमुख कार्यकारी अधिकृत उद्दव राज थपलियाले हालसम्मको प्रगति विवरणहरुको बारेमा प्रकाश पारेका थिए ।
नेपाल फाइनान्सले मोबाइल बैकिङ्ग कनेक्ट आईपीएस आईपीएस आरटीवीएस एटीएम कर्पोरेट–पे आदिबाट आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।