
- महेश्वर के.सी.
काठमाडौं । बाराका किसानहरु अहिले खेतमा व्यस्त छन् पाकेको बाली भित्र्याउन । माना राेपेर मुरी उब्जाएको बाली भित्राइरहेका उनीहरुले गरेका काम हेर्दा मनै प्रफुल्लित हुन्छ ।
बाराको देवताल गाउँपालिका वडा नं ३ अम्वाका किसाहरु घरमा होइन खेतमा भेटिन्छन् । खेतको बीचमा मेसिन छ । कोही गहुँको मुठा ओसारिरहेका छन् कोही भने मेसिनमा गहुँको मुठा राखेर दाना र छ्वाँली छुट्याइरहेका छन् ।
प्रविधिको विकाससँगै यहाँका किसानहरु पनि प्रविधि मैत्री भएका छन् । ‘अहिले हातमा हँसिया बोकेर खेत पस्नुपर्दैन । मेसिनले नै गहुँ काटेर दाना र छ्वाँली छुट्याउँछ,’ एक किसान खुसी हुँदै भन्छन् ।
यहाँ उत्पादन भएको गहुँ विशेषगरी त्यहाँ नै खपत हुन्छ । तर, स्थानीय खपतभन्दा बढी गहुँ भएमा बिक्रि पनि गरिने गरेको छ । विशेषगरी गहुँको भाउ बढेको समयमा स्थानीयले गहुँ बेचेर आर्थिक उपार्जन गर्ने गरेका छन् ।
हेरौँ तस्वीरमा खेतमा व्यस्त किसानहरु :