६ बैशाख २०७९, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १० जना र १ हजार ३४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि संक्रमण पुष्टि नभएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ । हाल नेपालमा ३ सय ७५ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ३९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४०३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख ५६ हजार ५८० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV