६ बैशाख २०७९, मंगलवार

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना आफ्नौ घरेलु मैदानमा क्याडिजसँग पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना क्यागिजसँग १–० गोल अन्तरले पराजित भएको हो ।

क्याडिजका जितमा लुकास पेरेजले दोस्रो हाफमा गरेको गोल नै निणर्यक गोल बन्यो । उनले ४८औँ मिनेटमा गोल गरेका थिए । बार्सिलोनाले बल पोसेसन आफ्नो पक्षमा राख्दै पाहुन टोलीलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा पराजिय हुनुपर्यो ।

यो हारले बार्सिलोनाको उपाधि जित्ने सम्भावना झिनो बनेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ । बार्सिलोना ३१ खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । समान ६० अंक नै रहेपनि सेभिया र एट्लेटिको म्याड्रिड तेस्रो र चौथो स्थानमा रहेको छ ।

बार्सिलोनालाई हराएको क्याडिजले रेलिगेसन जोन छाडेको छ । क्याडिज३२ खेलबाट ३१ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV