५ बैशाख २०७९, सोमबार

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाका मतपत्र छापिसकेको जनाएको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि ९५ लाख थान मतपत्र छपाइ सकिएको बताए ।

निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुसँग त्यसबारे जवाफ पनि माग गरिएको बताइएको छ । निर्वाचन मिति नजिकिदै जाँदा विभिन्न राजनीतिक दल र नेताहरुले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने गुनासो आएपछि आयोगले त्यसबारे जवाफ माग गरिएको बताइएको छ ।

आयोगले १ करोड ९४ लाख मतपत्रमध्ये अहिलेसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV