५ बैशाख २०७९, सोमबार

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १६ मा पठाएको मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।

निगमका अनुसार पेट्रोलको भाउ घटेर आए पनि डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर डिजेलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर ०.३८ पैसा बढेको निगमले जनाएको छ । यसअघि अप्रिल १ मा भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाललाई पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV