५ बैशाख २०७९, सोमबार
  • महेश्वर के.सी.

काठमाडौँ । अघिल्लो चैतकाे अन्तिम साता बाराको देवताल गाउँपालिका वडा नं ५ पिप्राढीमा चैते धान रोपाइँको चटारो थियो । त्यहाँका स्थानीय महिलाहरू धान राेप्नमा रमाइरहेका थिए ।

चैतमा रोपेर असारमा बाली भित्र्याइने यो धान आजकल कमैले मात्र रोप्ने गर्छन् । चैत-वैखामा मौसम सुख्खा हुने भएकाले आकाशबाट पानी पर्दैन । धान रोपाइ र सिँचाइका लागि नहरको समेत सुविधा नभएको पिप्राढीमा कल (बाेरिङ) बाट पानी तानेर अनि दमकल चलाएर रोपाइ गर्नुपरेको त्यहाँका किसानहरु बताउँदै थिए ।

मौसमले साथ दिएमा या सिचाइँ सुविधा भएमा यो धान उब्जनी राम्रै हुन्छ । नत्र उब्जनी कम हुने भएकाले किसानहरुको आकर्षण पनि घट्दै गएको उनीहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV