५ बैशाख २०७९, सोमबार

काठमाडौं । अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् ।

आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितले नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । ब्यान फेरेको समाचारहरु आउन थालेपछि उनले भगवानलाई धन्यवाद दिएकी हुन् । ‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलले अभिनय गरेका छन् । उनले सार्वजनिकरुपमै आफ्नो फिल्मलाई असर गर्नेगरी पललाई हिरासत लिएको अभिव्यक्ति दिएकी थिइन्।

अधिकारकर्मी मोहना अन्सारीले पल शाह प्रकरणमा पुरुषार्थको विजयी भएको टिप्पणी गरेकी छन् । ‘पुरुषार्थको विजय कसरी हुन्छ। आज साक्षी भइयो ।’ पीडित नाबालिगको पक्षमा वकालतसमेत गरेकी अन्सारीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV