४ बैशाख २०७९, आईतवार
  • ललिता साह,

सप्तरी । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय निर्वाचनको सन्दर्भमा राजनीतिक पार्टी र अमुक पार्टीको विचार भन्दा सक्षम व्यक्तिलाई चुनिनु पर्ने समयको माग रहेको बताएका छन् । आइतबार सप्तरीको राजविराजमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् ।

त्यस्तै उनले स्थानीय निर्वाचनमा आफ्नो पार्टी सशक्त रुपले भाग लिन तयार रहेको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘दलीय आधारमा स्थानीय निर्वाचन विकासको बाधक रहेको यथार्थ हो । छिमेकी मुलुक भारतलगायत दुनियाको धेरै देशमा यो राम्रो सिद्धान्त चलेको र नेपालमा पनि यसको अभ्यासको थालनी गर्नुपर्ने देखियो ।’

पूर्वमन्त्रीसमेत रहेका त्रिपाठीले थपे, ‘मधेशवादी शक्ती फुटेर मधेशले कुनै उपलब्धि पाउने छैन । यसरी पार्टी पिच्छे कोही धर्मनिरपेक्षताको, कोही लोकतन्त्रको र कोही प्रजातन्त्रको विरोध गर्दै गयो भने एकदिन यस्तो आउँछ कि आन्दोलनबाट जनताले पाएका यी उपलब्धिहरु किस्ता किस्तामा नभई एकमुष्ट रुपमा समाप्त हुने खतरा बढेको छ ।’

उनले फेरि भने, ‘नेपालको पछिल्लो राजनीति र मधेसवादी शक्ति राज्यसँगको पुनर्संरचनाको लडाई सत्ता र शक्तिको थियो । यहाँ मधेशी जनतालाई भ्रममा पारेर राज्यलाई भौगोलिक संरचना गरिएको देखियो, जसले राज्यलाई भूगोलको रुपमा नयाँ संरचना र स्थानीय तहहरुमा विभाजन गरियो । जसले राज्यको सत्ता शक्ति अहिले पनि सीमित वर्गकै हातमा रहेको छ ।’

त्यस्तै उनले पछिल्लो समय नेपालमा कम्युनिष्ट शक्ति नाममा अतिवाद र झुठो राष्ट्रवादका खेती गर्नेहरुको बिगबिगी धेरै रहेकोले राष्ट्र पात्र देशभक्तमा भिन्नता छुट्याउन जनतालाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV