
काठमाडौं । ललितपुरमा आइतबार रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराइएको छ । लगनखेलमा मछिन्द्रनाथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको हो ।
हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ । मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइने परम्परा छ ।
रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि रथ निर्माण शुरु गरिन्छ । यस वर्ष बैशाख २१ गते रातो मच्छिन्द्रनाथको रथयात्रा प्रारम्भ हुँदैछ ।