४ बैशाख २०७९, आईतवार

काठमाडौं । साउथका सुपरस्टार यशको ‘केजीएफः च्याप्टर २’ १४ अप्रिलबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । सञ्जय दत्त, श्रीनिधि शेट्टी र रविना टण्डनसमेतको मुख्य भूमिका रहेको यो फिल्मले बक्स अफिसमा कमाल गरिरहेको छ । फिल्मले दर्शकहरुलाई चुम्बकले जस्तै सिनेमा घरसम्म तानिरहेको छ ।

फिल्मले भारत र नेपालमा मात्रै नभई विश्वभर नै उत्कृष्ट कमाइ गरिरहेको छ । ‘केजीएफः च्याप्टर २’को हिन्दी बेल्टले तीन दिनमा नै १४० करोडको कलेक्शन गर्न सफल भएको छ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार यो फिल्मको हिन्दी भर्सनले मात्रै तीन दिनमा १४० करोडको कलेक्शन गरेको हो ।

५३ करोड बढीको कलेक्शन गर्दै फिल्मले सुखद् ओपनिङ गरेको थियो । फिल्मले चार दिनमा नै १८० करोडको ब्यापार गर्ने आँकलन गरिएको छ । यसका साथै यो फिल्मले यूएसमा पनि राम्रो कमाई गरिरहेको छ । रमेश बालाको ट्वीटर अनुसार यो फिल्मले यूएसमा ३ मिलियन अर्थात् करिब २३ करोड भारुको कमाइ गरिसकेको छ ।

पछिल्लो समय साउथ फिल्मले बलिउड बक्स अफिसमा धमाका मच्चाउँदै आएको छ । केही दिन अगाडि मात्रै राम चरण र जुनियर एनटीआर स्टारर् ‘आरआरआर’ले वल्डवाइड १००० करोड बढीको ब्यापार गरेको थियो ।

LIVE TV