४ बैशाख २०७९, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य लोकबन्धु कन्दङ्वासहित झापाका २७५ समर्थकले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य कन्दङ्वासहित केन्द्रीय सल्लाहकार समिति गोपिचन्द्र गिरी, झापा जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी स्थापना कालदेखि नै सैद्धान्तिक र र वैचारिक दृष्टिकोण, पद्धतिगत र प्रवृतिगत दृष्टिकोणका साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको र भविष्यमा पनि प्रमाणित गर्न नसक्ने र पछिल्लो समय एमसीसीजस्तो राष्ट्रघाति अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पुर्याई नवप्रतिगामी कित्तमा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले पार्टीमा बसिरहन नैतिक रुपले नमिल्ने ठहर गरेको विज्ञप्तिम जनाइएको छ ।

कन्दङ्वा झापाका पुराना बामपन्थी नेता हुन् ।

LIVE TV