४ बैशाख २०७९, आईतवार

तेह्रथुम । नेकपा (एकीकृत समाजवादी) प्रदेश –१ कमिटी सदस्य तथा आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले सोफामा बसेर जनमतको अनुमान नगर्न अन्य दलाका नेताहरुलाई चेतावनी दिएका छन् ।

शनिबार आठराई गाउँपालिका – ६ साविक चुहानडाँडा ३ जोरधारा–आहाले कमिटी गठन गर्दै अध्यक्ष लिम्बूले सोफामा बस्ने नेताहरुलाई जनमत कता जाँदैछ भनेर पत्तो नै नभएको दाबी गरे ।

‘हामीले एमाले छाडनुको कारणबारे गाउँगाउँमा गएर प्रष्ट पार्दै आएका छौँ। पार्टीको आगामी कार्यदिशा र दायित्वबारे प्रष्ट पार्दै आएका छौँ,’ उनले भने, ‘पालिकाभरीबाटै माया र सहानुभूती पाइरहेको छौँ । सोफामा बसेर अनुमान गर्नेहरुलाई थाहै छैन जनमत कता मोडिदै छ भनेर।’

साविक चुहानडाँडा ३ जोरधारा–आहाले कमिटी गठन

जोरधारास्थित सम्पन्न भेलाले भीम कन्दङ्वाको अध्यक्षतामा १५ सदस्सीय कमिटी गठन भएको छ ।

नेकपा (एकीकृत समाजवादी) साविक चुहानडाँडा – ३ जोरधारा–आहाले कमिटी गठन भएको पार्टीका आठराई– ६ अध्यक्ष ओम लिम्बूले बताए ।

नवगठित कमिटी अध्यक्षमा भीम कन्दङ्वा, उपाध्यक्षमा धनकुमारी लिम्बू, सचिवमा भीमराज कन्दङ्वा, सहसचिव बिक्रम कन्दङ्वा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सिंहराज कन्दङ्वा, धनराज तामाङ, चन्द्रादेवी ढुंगेल, वृजु कन्दङ्वा, शिखर कन्दङ्वा, श्रीमान तामाङ, सागर कन्दङ्वा, जीवन मैनाली, कुलप्रसाद ढुंगेल लगायत १५ सदस्सीय कमिटी गठन गरिएको अध्यक्ष लिम्बूले बताए ।

प्रदेश १ कमिटी सदस्य तथा आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू, नेकपा (एकीकृत समाजवादी) आठराई गाउँपालिका संगठन कमिटी अध्यक्ष कुमार कन्दङ्वा र आठराई गाउँपालिका वडा ६ अध्यक्ष ओम लिम्बूको सहभागितामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

नवगठित कमिटीले स्थानीय निर्वाचनको प्रचारप्रसार गर्नेसमेत निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV