२ बैशाख २०७९, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रतिको जनलहर देखेर पूर्व राजावादीहरुले अनेक आरोप र षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । शुक्रबार नुवाकोटको बट्टार बजारमा आयोजित बृहत् जनसभा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू र आफ्नो दलविरुद्ध पूर्व राजावादीहरु लागेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले एमालेप्रति जनताको साथ देखेर अत्तालिएकाहरुले आफ्नो जिल्ला र नगरपालिकामा पूर्व राजावादीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेर अर्को षड्यन्त्र बुनिरहेको उल्लेख गरेका छन् । त्यस्तै उनले राजावादीमात्र नभइ जुनसुकै वादीहरु मिलेर आएपनि एमालेलाई पराजित गर्न नसक्ने बताए ।

यसका साथै उनले सर्वोच्च अदालतबाट बनेको गठबन्धनको सरकारले देशमा जनताको पक्षमा केही गर्न नसकेको उनले आरोप लगाउँदै एमालेलाई घेराबन्दी गर्ने नाममा पाँच दलले बनाएको गठबन्धन मकैको ढोडको लौरो भएको टिप्पणी गरे ।

देशमा जनताको पक्षमा एमालेले विकासको लहर ल्याएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले एकक्षणका लागि प्रतिपक्षमा भएपनि अब चुनावपछि फेरि सत्तामा जाने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV