२ बैशाख २०७९, शुक्रबार
  • नवराज घिमिरे,

काठमाडौं । स्थानीय चुनावको दिन आउन २८ दिन बाँकी रहँदा दलहरु धमाधम गठबन्धनको चटारोमा देखिन्छन् । पाँच दलीय गठबन्धनको जगबाट बनेको सरकार तीनै तहको निर्वाचनसम्म तालमेल गरी मैदानमा जाने योजनासहित चुनावी अभियान शुरु गरिसकेको छ ।

पाँच दलीय गठबन्धनबाट आत्तिएर अन्य दलहरु पनि गठबन्धनलाई तीब्रता दिन थालेका छन् । नेकपा (एमाले), परिवार दल र राप्रपा नेपाललगायतका दलहरुले चुनावी तालमेल गर्ने भएका छन् । यसले राजनीतिमा हुन नसक्ने भन्ने केही नहुने रहेछ, भन्ने देर्शाउँछ । सिद्धान्त फरक, ऐजेण्डा फरक र विचार फरक बोकेका दलहरु आफ्नो अस्तित्व जोगाउनका लागि जे गर्न पनि पछि नपर्ने अवस्थामा देखिएका छन् ।

जुन परिदृश्य नेकपा (एमाले) र राप्रपा अनि परिवार दल सङ्खको तालमेल । हिजो ६२÷६३ को जनआन्दोलन दबाउने मुख्य योजनाकारको भूमिका खेलेका कमल थाप राप्रपाबाट अध्यक्षमा पराजित भएपछि शक्तिको सेरोफेरोमा लामो समय बसेका उनी शक्ति बाहिर हुदाँको पीडाले अत्तालिदै बरर्बराउन थाले र राप्रपा नेपाल पुनः गठन गरे, साँख जोगाउन सूर्य चिन्हबाट चुनाब लड्ने शर्तसहित एमालेसँग चुनाबी गठबन्धन गर्ने भएको छ । ‘गाई’लाई सूर्यमा लगेर दान गर्यो भन्नेहरु पनि कमी छैनन् ।

त्यस्तै परिवार दलका एकनाथ ढकाल, जसलाई होलीवाइनसँग जोडेर राजनीति बृत्तमा टिक्काटिप्णी पनि गर्ने गरिन्छ । उही नेता र उनका दलसँग केपी ओलीले चुनाबी तलमेल गर्ने भएका छन् । आफूलाई हराउन देशका सबै पार्टीहरु मिलेर चुनाबमा गएपनि नसक्ने दाबी गरिरहेका एमाले अध्यक्ष ओलीले पाँच दलीए गठबन्धनसँग डराएर अन्य साना दलसँग चुनावी तालमेल गर्ने भएका छन् ।

त्यसै मेसोमा कार्यर्तालाई आमसभामा सम्बोधन गर्ने क्रममा नेकपा (एमाले) भनेको एक क्वीन्टल हो, भनेका छन् । अरु सबै मिलेपनि एक क्वीन्टल पुग्न नसकने उनले दाबी पनि गरेका छन् । त्यसो भन्दै गर्दा एमाले अध्यक्ष ओली भित्र–भित्रै तर्सिएर बर्बराउदै हिड्न थालेको सहजै अनुमान लगाउन सकिन्छ ।

यिनै दलीय गठबन्धनको परिबेशलाई हेर्ने हो भने केवल आफ्नो साँख जोगाउनको लागि मात्र उक्त नाटकहरु मञ्चन गरिएको राजनीतिक विश्लेशकहरुले बताउन थालेका छन् । यहाँ देशको चिन्ता भन्दा पनि दलहरुले आफ्नो अस्तित्वको चिन्ता बढी देखाएका अनुमान लगाउन सकिन्छ ।

देश आज आर्थिक रुपमा यति कमजोर भएको सायद इतिहासमै पहिलो पटक हो । सरकारी ढुकुटी खाली भइसकेको समचारहरु बाहिर आउन थालिसकेका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा लिकुडीटी क्राइसिस भइसकेको छ । ३२ वटा वस्तुहरु आयातमा रोक लगाइसकेको छ ।

नेपाल पनि श्रीलकांको हालतमा जाँदै त छैन ? भन्ने प्रश्न तमाम नेपालीको मनमा उब्जिएको छ । त्यतातिर ध्यान दिनुपर्ने नेताहरु एक–अर्कालाई गाली गलोच गर्दै खुइल्याउनै ब्यस्त छन् । यस्तो अवस्थामा देशलाई कुन बाटोमा कता हिडाइदै छ ? त्यो भने समयले लै देखाउनेछ ।

चुनावको मिति नजिकिदै जाँदा गठबन्धन गर्ने र उम्मेदवार भागबण्डामा नेताहरुको रस्साकस्सी चलिरहेको छ । गठबन्धनमै बसेर टिकट वितरण गर्दा हाम्रालाई हैन राम्रालाई दिनुपर्छ । सही प्रतिनिधि छनोट गर्ने अवसर जनतालाई प्रदान गर्नु नै दलहरुको बुद्धिमानी ठहरिने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV